काठमाडौं । नेकपा केपी ओली समूहका नेता महेश बस्नेतले पेरिसडाँडा कब्जा गर्ने चुनौती दिएका छन् । शनिवार एक भेलालाई सम्बोधन गर्दै उनले तत्कालीन एमालेको पार्टी कार्यालयमा आँखा लगाए पेरिसडाँडा कब्जा गर्ने चुनौती दिएका हुन् ।
उनले भने–‘बल्खुमा आँखा नलगाउनुस्, धुम्बाराहीमा आँखा नलगाउनुस्, साविक एमालेले रगत पसिना लगाएर बनाएको पार्टी कार्यालय, ललितपुरमा आँखा नलगाउनुस्, देशभरका सम्पर्क कार्यालयमा आँखा नलगाउनुस्, हामी पेरिसडाँडामा पनि आँखा लगाउँदैनौँ । हाम्रो कार्यालयमा आँखा लगाउनुभयो भने हामी पनि आँखा लगाउँछौँ । पेरिसडाँडा कब्जा गर्नसक्छौँ ।’
उनले पार्टीको निर्वाचन चिन्ह सूर्यमा आँखा नलगाउन पनि चेतावनी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया