छक्क बहादुर लामाद्वारा ओली पक्षको केन्द्रीय सदस्य पद अस्वीकार

काठमाडौं । हुम्लाका प्रतिनिधि सभा सदस्य छक्क बहादुर लामाले नेकपा ओली पक्षको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।

लामाले शनिवार एक विज्ञप्ति जारी गर्दै गत निर्वाचनको जनमतको कदर र हुम्लावासीको सुझावलाई कदर गरी ओली समुहको केन्द्रीय सदस्य परित्याग गरी नेकपा (प्रचण्ड नेपाल) पक्षमा यथावत रहेको जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?