पूर्वराजा ज्ञानेन्द्र भोलि झापा जाँदै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आइतवार झापा भ्रमणमा निस्कने भएका छन् । पूर्वरानी कोमल शाहसहित उनी झापाको दमकमा रहेको हिमालयन रिसोर्टस्थित निवासमा जाने भएका हुन् ।

भोलि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी झापा जाने र केही दिनपछि पूर्वयुवराज्ञी हिमानी शाह पनि परिवारका केही सदस्य लिएर झापा जाने कार्यक्रम छ रहेको बुझिएको छ ।

झापा बसाइको क्रममा उनले राजावादी संघ संस्थाका प्रतिनिधिसहित विभिन्न दलका नेता कार्यकर्तालाई पनि भेट्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?