काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य हरिबोल गजुरेलले आफूले कुनै पनि गुटबन्दी नगर्ने बताएका छन् ।
शनिवार नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै नेता गजुरेलले आफूले कुनै पनि गुटबन्दी नगर्ने बताएका हुन् ।
गजुरेलले आफू ठूलो जोखिम लिएर एकताको पक्षमा लागेको भएपनि सफल हुन नसकेको उनको भनाई छ ।
‘ठूलो जोखिम लिएर एकताको पक्षमा लागेको थिएँ । तर सफल हुन सकिएन’, फेरि पनि पार्टी एकतामै जोड दिँदै उनले भने, ‘पार्टी एकता भएन भने त्यसले अहिलेसम्मका उपलब्धि गुम्छ । हामीले पार्टीलाई एक राख्न सकेनौं। देश विदेश तथा नेताहरू कै कारणले पनि यो अवस्था आइपुग्यो।’
उनले आफू ओली समूहतिर कहिल्यै नगएको पनि दावी गरे । उनले भने, ‘म कतै गएको पनि छैन आएको पनि छैन । हिजो जहाँ थिए त्यहीँ छु। समान दुरीमा बसेर मैले एकता जोगाउन लागेँ । दुबै अध्यक्षको आलोचना र कमिकमजोरीलाई मैले केलाउने काम गरेको हुँ।’
पार्टी विभाजन हुन नहुनेमा जोड दिँदै गजुरेलले फेरि पनि एक पटक प्रचण्डलाई भेटेर मिल्न दवावका लागि गम्भीर छलफल गर्ने बताए । ‘अस्ति प्रचण्डले फोन गरेर भन्नुभयो- मैले तपाईँलाई त्यति कै आशंका गरेको रहेछु । मैले एक अर्को अध्यक्षलाई भेट्दा मैले प्रष्ट रूपमा सबैलाई उनीहरुको कमजोरीका बारेमा भनेको थिएँ। म अब पनि गुटबन्दी त गर्दिनँ । अब म एकपटक प्रचण्डससँग गम्भीर रूपमा कुराकानी गर्ने तयारीमा छ। आज भेट्न जाँदै पनि छु । उहाँसँग आज गम्भीर रुपमा मैले कुरो गर्दैछु।’
नेकपा विभाजित भएपछि गजुरेल प्रचण्ड-नेपाल समूहको बैठकमा सहभागी हुँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया