संसद विघटनविरुद्ध पुस १३ गते प्रदर्शनमा सहभागी बन्न देउवाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको असंवैधानिक कदमविरुद्ध पुस १३ को प्रदर्शनमा सहभागी बन्न अपिल गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध पुस १३ गते कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गरेको छ । शनिवार विज्ञप्ति जारी गर्दै सभापति देउवाले त्यसमा सकृय सहभागिताका लागि देउवाले सबैमा अपिल गरेका हुन् ।

विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरुको बैठक आयोजना गरेर बैठक मार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौं । संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली काँग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ । देउवाले भनेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?