खुमलटारमा प्रचण्ड र वामदेव गौतमबीच एक घण्टा वार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव) पक्षका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।
शनिवार बिहान प्रचण्ड निवास खुमलटार पुगेका गौतम र प्रचण्डबीच झन्डै एक घण्टा वार्ता भएको हो ।

भेटवार्तामा प्रचण्डले गौतमलाई आफ्नो समूहमा आउन अनुरोध गरेको स्रोतले बताएको छ । संसद विघटन पछि गौतम केपी ओली वा प्रचण्ड–माधव पक्षमा गएको खुलासा गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?