रोड्रिगो तीन महिना मैदान बाहिर रहने

काठमाडौं । रियल म्याड्रिडका मिडफिल्डर रोड्रिगो गोएस तीन महिना मैदान बाहिर रहने भएको छ । १९ वर्षीय रोड्रिगोले ग्रानडासँगको खेलमा चोट बोकेका थिए ।

बुधवार राति भएको खेलमा ग्रानडाका डिमिट्रीले रोड्रिगोलाई फल गरेका थिए । उनले स्ट्रेचरबाट मैदान छोड्दा निकै चिच्याएका थिए ।

यसको अर्थ उनको चोट गम्भीर रहेको र उनी केही समय मैदान बाहिर रहने स्पष्ट बुझ्न सकिन्थ्यो । रोड्रिगोको चोटबारे रियल म्याड्रिडले आधिकारिक धारणा सार्वजनिक गर्दै उनी कम्तीमा पनि तीन महिना मैदान बाहिर रहने बताएका छन् ।

उनको चोटको परिक्षण गर्दा दाया खुट्टाको मांसपेशीको चोटले फेमोरिस ह्यामस्ट्रिङ मांसपेशीमा बढी असर गरेको उल्लेख छ ।

  • एजेन्सी

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?