खेलकुद मन्त्रीमा दावा लामा, जगतबहादुर विश्वकर्मा हटाइए

काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा जिम्मेवारीबाट हटाइएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद मन्त्री विश्वकर्मालाई जिम्मेवारीबाट हटाएका हुन् ।

मन्त्रीमण्डल पुनर्गठनको क्रममा प्रधानमन्त्री केपी ओलीले विश्वकर्मालाई हटाउने निर्णय लिएका हुन् ।

शुक्रवार बालुवाटारमा खेलकुद मन्त्री विश्वकर्मासँगको भेटमा प्रधानमन्त्री ओलीले निर्वाचनको काममा केन्द्रित हुन विश्वकर्मालाई अनुरोध गरेका खेलकुद मन्त्रीका नीजि सचिव भरत गुरुङ्गले बताए ।

विश्वकर्माको बहिर्गमनसँगै युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दावा लामाले पाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?