सिटीका जिसस र केएल वाल्करलाई कोरोना

काठमाडौं । म्यान्चेष्टर सिटीका फरवार्ड ग्याब्रियल जिसस र डिफेन्डर केएल वाल्करलाई कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो कोरोना परीक्षण्मा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको हो ।

संक्रमित खेलाडी तथा कर्मचारीलाई प्रिमियर लिग र सरकारको मापदण्ड अनुसार एकान्तवासमा राखिएको छ । दुवै खेलाडीले प्रिमियर लिगको आगामी खेल गुमाउने सम्भावना रहेको छ ।

सिटीले डिसेम्बर २६ मा न्युक्यासल युनाईटेड, त्यसको दुई दिनपछि एभर्टन र जनवरी ३ मा चेल्सीसँग भिड्दै छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?