प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदै

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको लुम्बिनी प्रदेश क्रिकेट संघले जनाएको छ ।

प्रतियोगितामा विभागीय टोली एपीएफसँगै ७ प्रादेशिक टोलीको सहभागिता रहने छ । जसमा सहभागी टोलीहरुलाई समूह ‘ए’ र समूह ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा एपीएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् भने समूह ‘बी’ मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ रहेका छन् ।

अहिले बिहान साढे ९ बजे हुने उदघाटन खेलमा लुम्बिनीले प्रदेश २ को सामना गर्नेछ। समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलका दुवै खेल १७ गते हुनेछन् भने प्रतियोगिताको फाइनल खेल १९ गते हुनेछ।

प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?