रहेनन् पुराना वामपन्थी नेता स्वनाम साथी

काठमाडौँ–  कम्युनिष्ट नेता स्वनाम साथीको निधन भएको छ । शुक्रबार साँझ उपचारका क्रममा काठमाडौं मोडेल अस्पतालमा स्वनामको निधन भएको उनको परिवारले जनाएको छ ।

उनले केही वर्षअघि मिर्गौला प्रत्यारोपणसमेत गराएका स्वनामको पछिल्लो समय कोरोना संक्रमणपछि स्वास्थ्य अवस्था बिग्रिएको थियो । गत असोज २८ गते कोरोना संक्रमण भएका स्वनामलाई पाटन अस्पतालमा उपचार गरेपछि कोरोना रिपोर्ट नेगेटिभ आएपनि उनलाई निमोनिया भएको बताइएको छ ।

त्यसपछि उनको काठमाडौं मोडेल अस्पतालमा उपचार भइरहेको थियो । उनका दुवै मिर्गाैला फेरिएका थिए।

म्याग्दीमा २००७ सालमा जन्मिएका स्वनामले एकता केन्द्र हुदै माओवादी केन्द्रबाट राजनीति गरेका थिए । बुढेसकालमा किरण गौतमसँग विवाह गरेका उनका सन्तान छैनन्।  म्याग्दीको अर्मनमा १७ साउन २००७ मा उनको जन्म भएको थियो।

कम्युनिष्ट आन्दोलनमा स्वनामको नाम एक आदर्श व्यक्तिको रुपमा लिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?