नेकपा विवादमा चीनको गम्भीर चासो, राजदूतको सक्रियताका बीच बेइजिङबाट अर्को टोली पनि आइपुग्यो

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएसँगै उत्तरी छिमेकी चीनको सक्रियता बढेको छ । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढिरहेको बेला बेइजिङबाट अर्को उच्चस्तरीय टोली आएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री गो इजोउ नेतृत्वको एक टोली नेपाल आएको छ  । सो टोली नेपालमा विकसित कम्युनिस्ट पार्टीभित्रको अवस्थाबारे बुझ्नैको लागि नेपाल आएको स्रोतको दावी छ । नेपाल आएको सो टोलीले नेकपाका नेताहरुलाई भेट्ने बताइएपनि क–कसलाई भेट्नेछ भन्ने कुरा खुल्न बाँकी छ ।

चीनले नेकपाभित्र विवाद देखिँदा विगतदेखि नै मिलाउन प्रयास गर्दै आएका थियो । यसअघि नेकपामा विवाद मिल्दा चिनियाँ राजदूतको सक्रिय बढ्ने गरेको थियो भने यसपटक चीनको खासै चासो त देखिँदैनथ्यो तर विभाजन नै भइसकेपछि राजदूत होउ यान्छीको सक्रियता निकै बढेको छ ।

उनको सक्रियता मिल्नका लागि दवाव दिन हो या अन्य कारण छ त्यसबारे नेताहरुले बोल्न मानेका छैनन् । यधपि केही दिनभित्रै चिनियाँ राजदूतले राष्ट्रपति, पूर्वसभामुख कृष्ण बहादुर महरा, नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाललगायतसँग भेटिसकेकी छिन् ।

राजनीतिक वृत्तमा चीनको सक्रियतालाई शंकाको दृष्टिले हेरिँदै आएकोमा यो पटक फेरि बेइजिङबाटै उच्च अधिकारीहरु आउनुलाई थप चासोका साथ हेरिएको छ ।
नेकपाभित्र विवाद बढ्दै गर्दा अर्को छिमेकी भारतले पनि नेपालको विकसित राजनीतिक घटनाक्रम आफ्नो ‘नोट’मा रहेको बताइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?