सरकारले बोलायो राष्ट्रिय सभा बैठक

काठमाडौँ– सरकारले पुस १७ गते राष्ट्रिय सभा बोलाउन मन्त्रीपरिषद् बैठकबाट राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र एक राज्‍यमन्त्रीसहित मन्त्रीपरिषद् बैठकबाट निर्णय गरेसँगै बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा सहभागी एक मन्त्रीका अनुसार सरकारले १७ पुसका लागि अधिवेशन बोलाएको हो । मन्त्रिपरिषद्को यो सिफारिस अब राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गर्दै अधिवेशन बोलाउने छिन् ।

संसद्‍मा दुई दर्जन विधयेक विचाराधीन अवस्थामा रहेकै बेला प्रधानमन्त्री ओलीले एक्कासी संसद् अधिवेशन अन्त्य गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?