मन्त्रिपरिषद्मा पूर्व माओवादीलाई विशेष प्राथमिकता, विष्णु पौडेलभन्दा टोपबहादुर अगाडि

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारका क्रममा पूर्व माओवादी खेमालाई विशेष प्राथमिकता दिएका छन् । आज नियुक्त भएका ९ जना मन्त्री मध्ये ५ जना पूर्व माओवादी खेमाका छन् भने ४ जना पूर्व एमाले खेमाका छन् ।

नयाँ थपिएका मन्त्रीमा टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेम आले, गणेशसिंह ठगुन्ना, गौरीशंकर चौधरी, दावा लामा, जुलीकुमारी महतो, विमला विश्वकर्मा रहेका छन् ।

मन्त्रिपरिषद्मा पूर्व माओवादी नेता ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले चौथो वरीयता पाएका छन् । यसअघिका अर्थमन्त्री तथा नेकपा ओली समुहका महासचिवसमेत रहेका विष्णु पौडेलभन्दा बरियतामा नवनियुक्त मन्त्री  रायमाझी अगाडि रहेका छन् । रायमाझी वरियतामा चौथो नम्बरमा छन् । रायमाझी नेकपाको स्थायी समिति सदस्य हुन् ।

उनीअघि प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल र रामबहादुर थापाको वरीयता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?