मन्त्रिपरिषदमा व्यापक हेरफेर: २ मन्त्री हटाइए, ९ थपिए, कुन मन्त्रालय कसलाई ?

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले एक मन्त्री र एक राज्यमन्त्री हटाएका छन् । खेलकुद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडको जिम्मेवारी खोसिएको हो ।

प्रधानमन्त्री ओलीले ९ मन्त्री थपेका छन् । नयाँ थपिएका मन्त्रीमा टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेम आले, गणेशसिंह ठगुन्ना, गौरीशंकर चौधरी, दावा लामा, जुलीकुमारी महतो, विमला विश्वकर्मा रहेका छन् ।

ओलीले टोपबहादुर रायमाझीलाई उर्जा मन्त्री बनाएका छन् भने मणि थापालाई खानेपानी, प्रभु साहलाई शहरी विकास र प्रेम आलेलाई वनमन्त्री बनाएका छन् । त्यस्तै कृष्ण गोपाल श्रेष्ठले शिक्षामन्त्रीको जिम्मेवारी पाएका छन् । यसअघि उनी सहरी मन्त्री रहेका थिए । त्यस्तै गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री हुँदा गौरी शंकर चौधरी श्रम मन्त्री भएका छन् । यस्तै दावा लामा युवा तथा खेलकुद मन्त्री भएका छन् भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छिन् । यसैगरी जुली कुमारी महतो महिला बालबालिका मन्त्री बनेकी छन् ।

त्यस्तै, ६ जना मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाललाई पर्यटनमन्त्रीमा सरुवा गरिएको छ भने संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन् ।

यसअघिका महिला बालबालिका मन्त्री रहेका लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन् ।  भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छिन् ।

यसअघि नै नेकपाको प्रचण्ड–नेपाल समूहका ७ मन्त्रीले राजीनामा दिएका थिए । सोपछि प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनको निर्णय लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?