राज्यमन्त्री मानन्धरद्वारा विश्व कीर्तिमान, यस्तो रेकर्ड राख्ने मानन्धर विश्वकै पहिलो मन्त्री

काठमाडौँ- शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गरेका छन् ।

शुक्रबार दिउँसो सवा एक बजेदेखि गीत  गाउन शुरु गरेका मन्त्री मानन्धरले लगातार ४ घन्टा ५ मिनेट २० सेकेन्ड गीत गाएर विश्व रेकर्ड कायम गरेका हुन् । उनले ५९ वटा गीत गएका हुन्  । बालाजुस्थित अष्टनारायण चलचित्रहलमा विशेष कार्यक्रमबीच मन्त्री मानन्धरले विश्व रेकर्ड कायम गरेका हुन् ।

राज्यमन्त्री मानन्धरले वल्र्ड बुक अफ रेकर्ड युकेको बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गरेका हुन् । मन्त्री मानन्धरले सबै गीतहरुको रोयल्टीसमेत तिरेर गाएका छन्  ।

कार्यक्रममा मन्त्री मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाएका छन् । नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारा देवी, अरुणा लामालगायतले गाएको गीतको ट्रयाकमा मन्त्री मानन्धरले गाएका थिए ।

मानन्धरले ‘देशले रगत मागे मलाई बली चढाऊ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘ठूला ठूला महल होइन’ लगायतका गीत गाएका थिए  । यो विधामा आयोजना गरिएको कार्यक्रम विश्वको पहलो भएकोले वल्र्ड बुक अफ रेकर्डमा पहिलोपटक राज्यमन्त्री मानन्धरको नाम लेखिएको छ । बेलायतमा मुख्यालय रहेको वल्ड बुक अफ रेकर्डले मन्त्री मानन्धरको प्रयास विश्वकै पहिलो भएको जानकारी दिएको छ ।

कार्यक्रममा मन्त्री मानन्धरले नेपालको कला र संगीत विश्वलाई चिनाउने प्रयास गरिएको बताए  । कार्यक्रममा प्रधानमन्त्रीकि पत्नी एवं प्रथम महिला राधीका शाक्यले राजनीति र गायन सङै अगाडि  बढाउन सफल भएकोमा मन्त्री मानन्धरलाई बधाई दिईन् ।

आयोजक संस्थाका नेपाल अध्यक्ष सागर कटुवालले मन्त्री मानन्धर यो बीधामा गीत गाउने बिश्वकै पहिलो मन्त्री भएको बताए । नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले मन्त्री मानन्धरलाई बिश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?