मन्त्रिपरिषद विस्तारमा पूर्व माओवादीलाई प्राथमिकता, कुन मन्त्रालय कसलाई ?

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारमा पूर्व माओवादीलाई प्राथमिकता दिएका छन् ।

प्रधानमन्त्री ओलीले पूर्व माओवादीबाट ५ जना र पूर्व एमालेबाट ३ जना गरी ८ जना नयाँ मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्। पूर्व माओवादीबाट टोपवहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दावा लामा मन्त्री हुँदैछन्। त्यस्तै पूर्व एमालेबाट प्रेम आले, विमला विक र गणेश ठगुन्ना मन्त्री हुन लागेका छन् ।

विस्तारित मन्त्रिपरिषदमा श्रममन्त्रीको जिम्मेवारी प्रभु साहले पाएका छन् भने पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिएका छन् । यस्तै टोप बहादुर रायमाझीलाई ऊर्जा मन्त्रालय दिएको बुझिएको छ भने विमला विक खेलकुदमन्त्रीको जिम्मेवारी दिने तयारी भइरहेको स्रोतको दावी छ  ।

अझै केही मन्त्रीको कार्यविभाजन हुन बाँकी छ । नवनियुक्त मन्त्रीहरूको सपथ आजै राष्ट्रपति कार्यालयमा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?