नयाँ मन्त्रीहरूको सपथग्रहण आजै

काठमाडौं । आज (शुक्रवार) बेलुका ६ बजे बस्ने भनिएको मन्त्रिपरिषदरको बैठक २ घण्टा पछि सरेको छ ।

बैठक २ घण्टा ढिलो गरि ८ बजे बस्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बिस्तार गरेपछि नयाँ मन्त्रीहरुसहित मन्त्रिपरिषद् बैठक बस्ने भएको जनाइएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका मन्त्री पदमा शुक्रवार ५ जना मन्त्री नियुक्ती गरेका छन् ।

जसअनुसार श्रममन्त्रीको जिम्मेवारी प्रभु साहले पाएका छन् भने पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिएका छन् ।

यस्तै टोप बहादुर रायमाझीलाई ऊर्जा मन्त्रालय दिएको बुझिएको छ । नयाँमन्त्रीको सपथ पनि आजै हुने जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?