प्रधानमन्त्री ओलीद्वारा पाँच मन्त्री नियुक्त : उर्जामन्त्रालयको जिम्मेवारी टोप बहादुर रायमाझीलाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । संसद विघटनपछि प्रचण्ड नेपाल समूहका मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका मन्त्री पदमा शुक्रवार ओलीले ५ जना मन्त्री नियुक्ती गरेका हुन् ।

जसअनुसार श्रममन्त्रीमा प्रभु साह रहेका छन् भने पर्यटनमा भानुभक्त ढकाल , शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिएका छन् ।

टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरुलाई आजै सपथ गराउने तयारी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?