ब्रोकर कमिसन ३३ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन ३३ प्रतिशतले घटाएको छ ।

बोर्डले प्रेस विज्ञप्ती जारी गर्दै ब्रोकर कमिशन घटाएको जनाएको हो । बोर्डका अनुसार संगठित संस्थाको शेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजार लेखि ५ लाख सम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाख देखि २० लाख रुपैयाँ सम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोड सम्मको कारोबारमा ०.३० प्रतिशत तथा १ करोड भन्दा माथि जतिसुकैको कारोबारमा पनि ०.२७ प्रतिशत ब्रोकर कमिशन लाग्ने भएको व्यवस्था गरेको छ ।

हालको व्यवस्थाअनुसार ब्रोकरलाई ०.४ देखि ०.६ प्रतिशतसम्म कमिसन तिर्नुपर्छ । जसमा ५० हजारसम्मको कारोबारमा ०.६, ५० हजार १ रुपैयाँ देखि ५ लाखसम्म ०.५५, ५ लाख १ रुपैयाँदेखि २० लाखसम्म ०.५, २० लाख १ रुपैयाँ देखि १ करोडसम्म ०.४५ र १ करोड १ रुपैयाँभन्दा माथिको कारोबारमा ०.४ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?