नेपाल चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनबीच सम्झौता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनबीच दोश्रो नेपाल चेम्बर व्यवसायीक छात्रवृति सम्बन्धमा सम्झौता भएको छ ।

शुक्रबार चेम्बर भवनमा आयोजित एक कार्यक्रममा चेम्बर र फाउण्डेसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नेपाल चेम्बर अफ कमर्सका तर्फबाट चेम्बरका सामाजिक तथा खेलकुद समितिका सभापति दीपककाजी तुलाधर र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनका तर्फबाट फाउण्डेसनका अध्यक्ष पंकज जालानले हस्ताक्षर गरेका छन ।

उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले दोश्रो पटक शैंक्षिक छात्रवृति उपलब्ध गराएकोमा लर्ड बुद्ध एजुकेसन फाउण्डेसनलाई धन्यवाद दिए । अध्यक्ष श्रेष्ठले जिल्ला चेम्बर मार्फत विपन्न वर्गका प्रतिभाशाली विद्यार्थीहरु छनोट गरी छात्रवृति वितरण गरिने बताए ।

समझदारी पत्र अनुसार कुल १ करोड १७ लाख ९५ हजार रुपैयाँ बराबरको उद्यमशिल छात्रवृत्ति अन्तरगत ४९ जना विद्यार्थीहरुलाई पूर्ण तथा आंशिक रुपमा शुल्क छुट गरिएको छ । जसमध्ये ७ जना महिलालाई पूर्ण रुपमा छुट प्राप्त हुनेछ । यसअन्तर्गत ब्याच्लर इन बिजनेस म्यानेजमेन्ट (इ–बिजनेस) मा अध्ययनको अवसर प्राप्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?