कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

काठमाडौं । उदयपुरमा कौडा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।

उदयपुरगढी गाउँपालिका-६ बस्ने एकराज दाहालको घरमा कौडा खेलिरहेको अवस्थामा सोही गाउँपालिका-५ बस्ने ३१ वर्षीय सुशिल कुमार गुरागाई लगायत १३ जनालाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कौडा खेलिरहेको भन्न खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरुको साथबाट नगद ५८ हजार ८ सय ५ रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?