काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनमा सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। संवैधानिक इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि आज (शुक्रवार) संसद विघटनको कारण देखाउन आदेश जारी भएको हो।
इजलासले म्याद थाम्न नपाउने गरी पुस १९ गतेसम्म लिखित जवाफ पेश गर्न विपक्षीहरूलाई आदेश दिएको छ।
त्यस्तै अदालतले राष्ट्रपति र प्रधानमन्त्री कार्यालयबाट प्रतिनिधि सभा विघटन गर्ने निर्णयको सक्कल फाइल मगाउने, संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको मिति र समय खुल्ने गरी सक्कल रजिष्टरसमेतका कागजात संसद सचिवालयबाट झिकाउन भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया