नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४८ हजार नाघ्यो, कति छन् क्वारेन्टाइनमा ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ९२ कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४८ हजार २९२ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८१६ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ९२ रहेको छ ।

अहिलेसम्म नेपालमा १९ लाख ३९२ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ३६९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?