२०७७, १० पुष शुक्रवार १५:५९

कांग्रेस नेता पाण्डेलाई मातृशोक


प्रकाशित मिति : २०७७, १० पुष शुक्रवार १५:५९

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेकी माताकोे निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । पूर्व सांसद पाण्डेकी माता योगेन्द्रकुमारीकोे आज (शुक्रवार) बिहान ९८ वर्षको उमेरमा निधन भएको हो ।

कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले आज (शुक्रवार) एक शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन । नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय एवं नेतृत्वदायी भूमिका निर्वाह गर्ने सन्तानलाई जन्म दिएकी माता योगेन्द्रकुमारीले आफ्ना सन्ततिलाई सदैव देश र आम नागरिकको हितमा समर्पित रहन प्रेरित गर्दै आएकि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस