सर्वोच्चद्वारा संसद विघटनको कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलाशले संसद विघटनसम्बन्धी मन्त्रिपरिषबाट भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै संसदसँग सम्बन्धित आवश्यक कागजात पेश गर्ने आदेश दिएको हो ।

आवश्यक कागजात ५ दिनभित्र अदालतमा पेश गर्न माग अधिवक्ताहरुले गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाई संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । भने राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई तत्काल अनुमोदन गरेकी थिइन् । प्रधानमन्त्री ओलीले संसद विघटन साथै मध्यावधि निर्वाचन घोषणा गरेको विरुद्ध सर्वोच्चमा १३ वटा रिट परेका छन् । त्यसको सुनुवाई बुधवारका लागि तोकिएको थियो । बुधवार प्रधानन्याधीशको एकल इजलासले त्यसलाई संवैधानिक इजलासमा पठाउने निर्णय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?