प्रतिनिधि सभा पुनःस्थापना गर्न सडकमा आयौँ : रामकुमारी झाँक्री

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहकी नेकपा नेतृ रामकुमारी झाँक्रीले नचाहेर पनि आन्दोलनमा आउनुपर्ने बाध्यता रहेको बताएकी छिन् ।

संसद विघटन विरुद्ध प्रचण्ड नेपाल समूहको आन्दोलनमा सरिक भएकी नेतृ झाँक्रीले संबिधानको सर्वोच्चता, विधिको शाशन र कानुनी राज्यको लागि प्रतिनिधि सभा पुनस्स्थापना गर्न सडकमा आएको बताएकी छिन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेकी छिन्, “नचाहेर पनि गर्नै पर्ने एउटा बाध्यतामा छौं हामी ! संबिधानको सर्वोच्चता, विधिको शाशन र कानुनी राज्यको लागि प्रतिनिधि सभा पुनस्स्थापना गर्न सडकमा छौं।”

संसद विघटन प्रकरणले संविधानको चिरहरण भएको बताउँदै त्यसलाई सच्याएर जाने मौका अझै रहेको समेत बताएकी छिन् । यदि गल्ती सच्याएर जाने भए त्यसलाई साथ दिने अपेक्षा गरेको समेत बताइन् ।

“संबिधानको चिरहरण भएको छ। यसलाई सच्चाउने अझै मौका छ। साथको अपेक्षा छ।” उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?