काठमाडौं । डोटीमा गोरु काटेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।
गोरु काटेको अभियोगमा आदर्श गाउँपालिका-१ बस्ने ३५ वर्षीय अशोक दमाई, ३० वर्षीय बिनोद दमाई र प्रेम दमाईलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सोही ठाउँ बस्ने रमेश बहादुर दमाईको घरमा गोरु काटिरहेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय आदर्शबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया