प्रचण्ड–नेपाल समूहको ‘हामी यहाँ छौं’ आन्दोलनमा जे देखियो (भिडियो)

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले माईतीघर मण्डलाबाट संसद विघटन विरुद्धको आन्दोलन शुरु गरेको छ ।

शुक्रवार प्रचण्ड–माधव समुहका शिर्ष नेताहरु अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहित बरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु, विघटित प्रतिनिधी सभाका सांसदहरु, राष्ट्रिय सभाका सांसदहरु र केन्द्रीय सदस्यहरु लगायतका नेता कार्यकर्ताहरु उपस्थित भएर संसद विघटन विरुद्धमा आन्दोलन शुरु गरेका हुन् । नेताहरुले ‘प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम खारेज होस्’, ‘हामी यहाँ छौँ’ भन्ने नारा लेखिएका प्लेकार्ड सहित नेताहरु उपस्थित भएका छन् । विरोध प्रदर्शनमा नेता कार्यकर्ताले नाराबाजी समेत गरेका थिए ।

प्रचण्ड र नेपाल समूह पार्टीको आधिकारिकता माग गर्दै निर्वाचन आयोग पुगेको छ । उक्त समूहले आफ्नो पक्षका २ सय ९५ केन्द्रीय समिति सदस्यको हस्ताक्षर र बिहिबार सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णयको आधिकारिक प्रतिलिपि निर्वाचन आयोगलाई बुझाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

पेश गरिएका कागजातलाई नेपालको संविधान, राजनीतिक दल सम्बन्धी कानूनका आधारमा हेरेर छिट्टै नेकपा विवादको कानुनी निरुपण गरिने वचन प्रमुख निर्वाचन आयुक्तले दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सो अवसरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपामा वैधानिकताको प्रश्न आएको भन्दै आफुहरु आधिकारिक भएको बताए ।

केन्द्रीय कमिटीका करिब दुई तिहाईको हाराहारीका सदस्यहरु आफुहरुतिर रहेको बताउँदै अध्यक्ष प्रचण्डले सबै सशरिर उपस्थित भएको र आगामी दिनमा पनि निर्वाचन आयोगले चाहे २ सय ९५ सदस्य नै सशरिर उपस्थित हुन सकिने बताए ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?