सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु

काठमाडौं । ललितपुर, भक्तपुर, डोटी, झापा, रुपन्देही र सुर्खेतका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित सडकमा प्रदेश ०३-०३-००१ च ०७१३ नम्बरको टाटासुमोको ठक्करबाट २ जना पैदलयात्रीको बिहीवार साँझ मृत्यु
भएको छ । मुत्यु हुनेहरुमा ललितपुर हरिसिद्धि बस्ने तनहुँ घर भएकी ३४ वर्षीया सुनिता सोती सापकोटा र सोही ठाउँ बस्ने ४५ वर्षीय कृष्णप्रसाद तिमल्सिना रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको बिएन्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टाटासुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भक्तपुर सूर्यबिनायक नगरपालिका-८ स्थित पुल नजिक सडकमा ना ६ ख ३९८२ नम्बरको ट्रक अनियन्त्रित भई शुक्रवार बिहान दुर्घटना हुदा ट्रक चालक पर्सा वीरगंज महानगरपालिका-१२ बस्ने ३० वर्षीय कैमोदिन अन्सारीको घटनास्थलमै मृत्यु भएको छ ।

डोटी शिखर नगरपालिका-६ स्थित नगरपालिकाको गेट अगाडि से१ च १००९ नम्बरकोबलेरोको ठक्करबाट सोही नगरपालिका बस्ने मोहन बलायरको ८ वर्षीय
छोरा गोरख बलायरको बिहीवार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि शैलेश्वरी अस्पताल दिपायल हुँदै थप उपचारको क्रममा प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो । बलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा कन्काई नगरपालिका-४ कोटिहोमस्थित सडकमा मे ११प ३५८३ नम्बरको मोटरसाइकललाई डब्लु बि ६१ ए ९३८५ नम्बरको ग्याँस बोक्ने ट्याङ्करले
बिहीवार दिउसो ठक्कर दिँदा मोटरसाइकलमा सवार ईलाम माईजोकमाई गाउँपालिका-४ बस्ने ३६ वर्षीय चन्द्रकुमार लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा
गम्भीर घाइते भएका उनको बि एण्ड सि हस्पिटल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका-१३ बेलबास चोकमा लु २ ख ८८९ नम्बरको ट्रक र लु।२१ प ४३८९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बिहीवार बेलुका दुर्घटना हुँदा स्कुटरमा सवार रोहिणी गाउँपालिका-४ बस्ने ४० वर्षीय राधेश्याम मल्लाहसमेत २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका १ जनाको सोही अस्पताल हुँदै थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुर्खेत बीरेन्द्रनगर नगरपालिका-४ रातानाग्लास्थित सडकमा भे १ त ९५३१ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमवार बेलुका दुर्घटना हुँदा चालक दैलेख गुराँस गाउँपालिका-४ बस्ने २५ वर्षीय गणेश शाहीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल हुँदै थप उपचारको क्रममा कोहलपुर मेडिकल कलेज बाँकेमा बिहीवार दिउँसो मृत्यु भएको हो । दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?