प्रचण्ड-नेपाल समूहको आन्दोलन : माइतीघर, सर्वोच्च हुँदै निर्वाचन आयोगसम्म (फोटोफिचर)

काठमाडौं । आज (शुक्रवार) सत्तारुढ दल नेकपाको प्रचण्ड नेपाल समूहले संसद विघटनविरुद्ध प्रदर्शन गरेका छन् ।

संसद विघटनविरुद्धको आन्दोलनमा उत्रिएको प्रचण्ड-नेपाल पक्षको जुलुसले माइतीघरमा नाराबाजीसहित विरोध शुरु गरेको हो । नाराबाजीसहितको प्रदर्शन माइतीघर मण्डलाबाट शुरु भएर सर्वोच्च अदालत हुँदै निर्वाचन आयोगमा गएर सकिएको हो  ।

प्रचण्ड-नेपाल समूहका नेता तथा कार्यकर्ताहरुले ‘हामी यहाँ छौं’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर आफ्नो उपस्थिति तथा शक्ति प्रदर्शन गरेका छन् । बिहीवार (हिजो) बसेको प्रचण्ड नेपाल समूहको केन्द्रीय कमिटी बैठकले संसद विघटनविरुद्ध १४ चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

प्रचण्ड–माधव समूहको बिहिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । शुक्रबार काठमाडौँमा केन्द्रीय सदस्यहरु, विघटित प्रतिनिधि सभाका सांसदहरु लगायतको उपस्थितिमा बिरोध कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । शुक्रबार नै दिउँसो २ बजे अध्यक्षद्धय प्रचण्ड र नेपालले पत्रकार सम्मेलन गर्दैछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?