काठमाडौँ– बागमती प्रदेशका तीन जना मन्त्रीले राजीनामा बुझाएका छन्।
आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेल, उधोग पर्यटन बन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन् । उनीहरूले मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले जनताको भावना अनुरुप काम गर्न नसकेको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
यसैबीच प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने भएको छ । जमरकट्टेलको अगुवाइमा अविश्वासको प्रस्ताव लिएर संसदहरु प्रदेशसभा सचिवालयमा पुगेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया