प्रचण्ड-नेपाल समूह नाराबाजीसहित सर्वोच्चतिर

काठमाडौं । संसद विघटनविरुद्धको आन्दोलनमा उत्रिएको नेकपा प्रचण्ड माधव नेपाल पक्षको जुलुस माइतीघरबाट सर्वोच्च अदालततिर अघि बढेको छ ।

नराबाजीसहित नेकपाका कार्यकर्ता सर्वोच्चतिर अघि बढेका हुन् ।

सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा परिएको छ ।

संसद विघटनविरुद्ध सर्वोच्चमा दर्ज बढी रिटहरु परेका छन् । बुधवार सुनुवाई हुने भनिएको रिट संवैधानिक इजलासमा पठाइएको थियो । संसद विघटनविरुद्धको रिट आज सुनुवाई हुँदैछ ।

बिहीवार (हिजो) बसेको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले संसद विघटनविरुद्ध आन्दोलनमा जाने निर्णय गरेको थियो । शुक्रवार (आज) बाट कुनै न कुनै विरोधका कार्यक्रम गर्ने र पुस १४ गते भने देशभर एकैसाथ आन्दोलन गर्ने घोषणा उक्त समूहले गरेको छ ।

सर्वोच्चपछि उक्त समूह निर्वाचन आयोग पत्रसहित जाने कार्यक्रम रहेको छ । त्यस्तै आज नै पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । यसअघि बुधवार बहुमत केन्द्रीय सदस्यसहित प्रचण्ड नेपाल समूहका नेताहरु निर्वाचन आयोग आएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?