काठमाडौं । फुटबलर क्रिस्टियन एरिक्सनले ईन्टर मिलान छोड्ने भएका छन् । ईन्टर मिलानका मिडफिल्डर एरिक्सनले अर्को महिना क्लब छोड्ने भएका हुन् ।
उनी गत जनवरीमा प्रिमियर लिग क्लब टोटेनहमबाट ईन्टर आएका थिए । क्लबका कार्यकारी अधिकृत ग्युसेप मोराटाले एरिक्सनले अर्को महिना सिरि ए छाड्ने बताए ।

टोटेनहममा साढे ६ वर्ष बिताएपछि एरिक्सन एक वर्षअघि ईन्टर मिलान आएका थिए । उनले सान सिरो क्लबसँग सन् २०२४ सम्मका लागि सम्झौता गरेका छन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया