२२ जेष्ठ २०८०, सोमवार

संविधानप्रति जनताको आशा पलाएको छ : नेत्री सुजाता

२०७४,आश्विन,१५,आईतवार १३:०२

0
Shares

विराटनगर, १५ असोज ।नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न हुनु सरकारको ठूलो उपलब्धि भएको बताएकी छिन ।विराटनगरस्थित गिरिजाप्रसाद कोइराला प्रतिष्ठानमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले सो निर्वाचन सम्पन्न भएपछि मुलुकमा अस्थिरता लगभग समाप्त भएको र संविधानप्रति जनताको आशा पलाएको स्पष्ट पारिन ।शान्ति र विकास नै जनताको चाहना रहेको उल्लेख गर्दै नेत्री कोइरालाले आगामी दिनमा हुन गइरहेको संघीय र प्रदेशको निर्वाचन पनि भयरहित वातावरणमा निष्पक्ष ढंगमा सम्पन्न हुनुपर्नेमा जोड दिइन ।नेपालीको आधार नै तराई–मधेश रहेको र स्थानीय निर्वाचनमा उम्मेदवारको छनोटमा पक्षपात भएकै कारणले पार्टीले चाहेअनुरुपको जित हासिल गर्न नसकेको स्मरण गर्दै अब हुने निर्वाचनमा गुटबाट माथि उठेर कार्यकर्ताको माझबाट छनोट भएका व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने आवश्यकता औँल्याइन ।“पार्टीभित्रको विवादलाई गिरिजाबाबुले कार्यकर्ताको माझमा पुगेर समाधान गर्नुहुन्थ्यो”, उनले भनिन, “अहिले त्यस्तो अवस्था नदेखिएको र कतिपय जिल्लामा विवाद देखिएकाले पार्टी सभापतिले कार्यकर्ताको माझमा पुगेर समाधान गर्नु नै उचित देखिन्छ ।”स्थानीय तहको निर्वाचनमा कतिपय ठाउँमा मतदातालाई र उम्मेदवार चयनमा पनि पैसा वितरण गरिएको चर्चा सुनिएको उल्लेख गर्दै उनले यस विषयमा निर्वाचन आयोगलाई गम्भीर भएर ठोस कदम उठाउन आग्रह पनि गरिन ।

प्रकाशित मिति: २०७४,आश्विन,१५,आईतवार १३:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१