संसद विघटनविरुद्ध परेका सबै रिटमाथि सुनुवाई हुँदै, कोको हुनेछन् संवैधानिक इजलासमा ?

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटको आज शुक्रबार संवैधानिक इजलाशमा सुनुवाई हुँदैछ । संवैधानिक इजलासमा दर्ता भएको एक र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलाशमा सुनुवाई भएका १२ रिटमाथि आज सुनुवाई हुन लागेको हो ।

प्रधानन्यायाधीश राणाको एकल इजलाशमा बुधबार १२ वटा रिटको प्रारम्भिक सुनुवाईपछि सबै रिटको संवैधानिक इजलाशमा सुनुवाई गर्ने आदेश भएको थियो । सोही अनुसार शुक्रबार संवैधानिक इजलाशमा सबै रिटको सुनुवाई हुने भएको हो ।

यी सबै निवेदनलाई एकै पटक पेशीमा राखेर सुनुवाइ हुने छ। संविधानको धारा ७६ को व्याख्याको विषय भएको भन्दै विघटनविरुद्धका निवेदन संवैधानिक इजलासमा पठाइएको थियो।

को-को छन् संवैधानिक इजलासमा ?
संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित ९ न्यायाधीश छन्। जसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल रहेका छन्। संवैधानिक इजलासमा सिफारिस भएका न्यायाधीशहरू क्रमशः वरिष्ठताको क्रममा रहेका छन्। यीमध्ये प्रधानन्यायाधीश राणासहितका ५ न्यायाधीशको इजलासले प्रतिनिधिसभा विघटविरुद्धको निवेदनको सुनुवाइ गर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?