भारतीय सेना प्रमुख र नेपाली राजदूतबीच भेट, के भयो कुराकानी ?

काठमाडौँ– भारतका लागि नेपाली राजदूत निलम्बर आचार्य र भारतका  स्थलसेना प्रमुख मनोज मुकुन्द नरवणेबीच बिहिवार भेटवार्ता भएको छ ।

भारतीय सेनाले आफ्नो ट्वीटरमार्फत भेटको विषयमा  जानकारी गराएको हो । सोही ट्वीटमा प्रतिक्रिया जनाउँदै राजदूत आचार्यले पनि भारतीय सेनाध्यक्ष नरवणेसँगको भेट राम्रो र सुखद रहेको प्रतिक्रिया दिएका छन् ।

भेटमा भारतीय सेनामा कार्यरत तथा सेना निवृत गोर्खा सैनिकहरुको बारेमा समेत कुराकानी भएको जनाइएको छ । भेटकाक्रममा बहुपक्षीय हितका विषयमा कुराकानी भएको भारतीय सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?