कोरोनाको नयाँ स्ट्रेनमा पनि आफ्नो भ्याक्सिन सफल हुने मोडर्नाको दाबी

काठमाडौं । कोरोना भाइरसको खतरा लगातार बढ्दै गइरहेको छ ।

बेलायतमा पाइएको कोरोनाको नयाँ स्ट्रेनपछि विश्वभरमा हंगामा मच्चिएको छ ।

यसैबीच कोरोना भ्याक्सिन बनाउने अमेरिकी कम्पनी मोडर्नाले बेलायतमा पाइएको कोरोना भाइरसको नयाँ स्ट्रेनमा पनि आफ्नो भ्याक्सिन सफल हुने दाबी गरेको छ ।

मोडर्नाले आफ्नो दाबी पुष्टि गर्नको लागि अर्को हप्ता भ्याक्सिन अडिशनल टेस्टिङ गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?