ओली समूहको बैठकलाई सम्बोधन गर्दै यसो भन्छन् बादल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा बादलले संसद विघटन स्थितरता र क्रान्तिकारी परिवर्तनका लागि भएको बताएका छन् ।

आज बालुवाटारमा बसेको केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन् । “प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ ।” उनले भने

त्यस्तै बैठकलाई सम्बोधन गर्दै बादलले नेकपाबाट एउटा गुट अन्त्य भएको समेत बताएका छन् ।

पार्टी फुटको अन्तिम अवस्थामा पुगेका बेला नेताहरुबीच कित्ताकाट भइरहेको छ । यसैक्रममा आफूलाई तटस्थ भूमिकामा राखेका बादलले आज पहिलोपटक ओली समूहको बैठकमा सहभागी भएका थिए ।

प्रचण्ड नेपाल समूहलाई इंगित गर्दै उक्त समूह दुस्मनको जालमा परेकाले क्रान्तिको उपलब्धीहरुलाई उल्ट्याउन केन्द्रीत रहेको दाबी गरे ।

“उहाँहरूको ध्यान क्रान्तिका उपलब्धिहरूलाई उल्ट्याउन केन्द्रित छ । उहाँहरू दुश्मनको जालमा पर्नुभएको छ ।” उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?