“मेरो कार्यकालमा शेयर बजारमा वैदेशिक लगानी भित्र्याउँछु”: अम्बिकाप्रसाद पौडेल (भिडियो)

काठमाडौं – एक दशकसम्म सरकारी जागिर खाएका अम्बिका प्रसाद पौडेल सरकारी जागिरबाट सन्तुष्ट नभएकै कारण शेयर बजारमा आएका हुन् । नभन्दै उनी शेयर बजारबाट सफल पनि भए । अहिले शेयर बजारमा पौडेलको नाम निकै इज्जतका साथ लिइन्छ । अहिले शेयर बजार र पौडेल एक अर्काका परिपूरक जस्तै भएका छन् । पौडल शेयर बजारका लगानीकर्ता तथा नेपाल इन्भेस्टर फोरमका पूर्व अध्यक्ष समेत हुन् ।

उनले उद्योग वाणिज्य महासंघको निर्वाचनमा पनि शेयर बजार लगानीकर्ताका तर्फबाट उमेद्वारी दिएका थिए । सो निर्वाचनमा उनी विजय पनि भए । साथै महासंघमा उनकै सभापतित्वमा शेयर बजार लगानीकर्ता फोरमको गठन समेत भएको छ । महासंघमा शेयर बजार सम्बन्धी फोरम नै गठन भएपछि अब शेयर बजारका लागि पक्कै पनि केही महत्वपूर्ण काम होला भन्ने आशा लगानीकर्ताहरुले गरेका छन् । यसै सन्दर्भमा शेयर लगानीकर्ता फोरम (उद्योग वाणिज्य महासंघ) का सभापति पौडेलसँग लोकपथ डटकमले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

क्यापिटल मार्केट फोरम विद इन द फेडेरेसन अफ नेप्लीज चेम्बर अफ कमर्स यसको रेलेभेन्सी के छ ?
नेपाल उद्योग वाणिज्य महासंघ सबै क्षेत्रका व्यवसायीहरुको साझा संस्था हो । र यसमा विभिन्न प्रकारका बैंक, वित्तिय संस्था ,व्यापार लगायत पारवहन समितिहरु थिए । वर्तमान अवस्थामा नेपालको पूँजी बजार २८ खर्ब भन्दा माथी गइरहेको छ । जुन हाम्रो जिडिपी (कुल ग्रार्हस्थ उत्पादन) को लगभग साइजको नजिक नजिक पुग्न लागिरहेको छ । बजेटको आकार भन्दापनि धेरै ठूलो भईसकेको अवस्था हो । यस सन्दर्भमा पूँजी बजारका क्रियाकलापहरु तथा पूँजी बजारमा आएका आरोह अवरोहले पक्कै पनि अर्थतन्त्रका अन्य क्षेत्रहरुलाई पनि स्वभाविक रुपमा असर गर्छ । जुन कुरा हामिले विगतमा पनि देखेकै छौँ । यसै सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघमा पूँजी बजारलाई केन्द्रमा राखेर हेर्ने एउटा कमिटीको आवश्यकता थियो । जुन हिजो यहि क्षेत्रलाई समेट्ने गरी बनेको थिएन र मैले यो महासंघको चुनावी अभियानमा मेरो एकल एजेण्डा के थियो भने म विभिन्न क्षेत्रमा सहभागि रहँदा रहँदै मेरो धरातल चाहिँ नेपालको पूँजी बजारबाट आएको हुनाले महांसघमा पूँजी बजार हेर्ने छुट्टै फोरम चाहिन्छ र सो फोरम मार्फत पूँजी बजारका यावत् समस्याहरु हाम्रा नियामक निकायहरुलाई बुझाउनु पर्छ भन्ने मेरो पहिल्यै देखिको सोच थियो । सोहि एकल एजेण्डा लिएर महासंघमा लगेको पनि थिएँ र मैले सर्वाधिक लोकप्रिय मत प्राप्त गरेर विजय भैसकेपछि हाम्रो नेतृत्वले पनि त्यो कुरा महशुस गर्नु भएको थियो । हाम्रो अध्यक्ष ज्यू ,निवर्तमान अध्यक्ष ज्यू लगायत कार्यसमितिका सबै साथिहरुले महशुस गर्नु भएको थियो । यो कुरो राखिसकेपछि उहाँहरुले त्यो फोरमको गठन गरिदिनुभयो र सो फोरमको सभापतित्व गर्ने अवसर पनि मैले पाए । र अब ‘एफएनसिसिआईले स्पेसिफिक’ पूँजी बजारलाई र यसका समस्याहरुलाई पूर्ण रुपमा अपनाएको /फोकस गरेको भन्ने मैले लिएको छु ।

फोरम त गठन भयो तर अब फोरमलाई ‘फूल फ्लेजेज’ फोरम बनाउन दायित्व तपाईंमा आउँछ । अब यसको एक्पान्सन बाटै समस्या शुरु हुन्छ । सेलेक्सनको ठूलो समस्या तपाईको अगाडी छ यसको समाधान के छ ?
मैले विगतमा जुन जुन क्षेत्रमा, संगठनमा जसरी काम गरेको छु ,कतै पनि विवाद र समस्या आएको छैन । म यो मामलामा एकदम ‘फ्क्जिबल लेयर’ पनि हो । तसर्थ मलाई के विश्वास छ भने शुरुमा मैले निश्चित मूल्य मान्यता विकास गर्छु । मैले पहिल्यै यो व्यक्ति उ व्यक्ति राख्ने भनेँ भने पो ‘कन्फिल्क्ट’का कुरा आउन सक्छ । पहिला मैले ‘स्ट्यान्डर’ तय गर्छु हाम्रो फोरममा कस्ता – कस्ता कुन – कुन क्षेत्रका व्यक्तिहरु हुनुपर्छ भन्ने मैले ‘माइन्ड सेटअप’ गरिसकेको छु । ती व्यक्तिहरु पूँजी बजार फोरममा प्रवेश गरिसकेपछि कोहि कसैले औँला ठड्याउँदैन । सबैले प्रशंसा गर्नुहुन्छ, पहिला गठनमा अनि कार्यक्षेत्र र काममा । काम गरिसकेपछि साँच्चिकै गरे हुने रहेछ है भन्ने अनुभुति चाहिँ पूँजी बजारका नियामक, लगानीकर्तालाई र त्योसँग सम्बधित निकायहरुलाई त्यो ‘फ्लेवर’ दिन्छौ त्यो महशुस गराउँछौ ।

संसारभरि क्यापिटल मार्केट इन्डट्री र प्रोडक्टीभ सेक्टरको लागि लङ टम फाईनान्सियल सोलुसन रुपमा कल्पना गरिएको थियो जुन नेपालमा छैन । यो बेलामा तपाईले महासंघ भित्र यसलाई पुर्‍याउन सक्नु ठूलो सफलता मानिन्छ । तर अब जुन क्यापिटल सर्ट छ औद्योगिक र बैंकिङ क्षेत्रमै निर्भर छ । र पूँजी बजार वित्तिय बजार वरिपरी घुमेको छ । जुन दुखदायी कुरा हो नि होइन ? 
लामो समयदेखी दुईटै भागमाथी उद्योगको लागि पनि क्यापिटल मार्केट त्यो किसीमले भईदिएको हुनुपर्ने थियो । पूँजी बजार संसारभरी अर्थतन्त्रको ऐनाको रुपमा हेरिन्छ । हामीहरुकहाँ समस्या के छ भन्दा अहिले पनि सुचिकृत कम्पनीमा बैंक तथा वित्तिय संस्था बीमा कम्पनीहरुको बाहुल्यता छ । सो सन्दर्भमा त्यो क्षेत्र ओझेलमा परेको छ । अर्को कुरा पूँजी बजारमा अहिले हाम्रो भइराखेको जस्तो भोलीका दिनमा औद्योगिक क्षेत्रका कम्पनीहरु आउँदा अन्य धेरै कम्पनीहरु आउँदा हाम्रो यहाँको मात्रै मागले त्यो पूँजी उपभोग गर्छ कि गर्दैन भन्ने चुनौती छ । त्यसकारण यसभन्दा अगाडी पनि म एउटा पूँजी बजार सम्बन्धी कदममा नेपाल सरकारले गठन गरेको समितिमा बसेर काम गरेको छु । त्यस समितीमा हामीले ५८ बूँदाहरु पूँजी बजारको विकास र विस्तारको लागि सुझावहरु पेश गरेका छौँ । त्यसमा वैदेशीक लगानी वैदेशीक पूँजी बजारमा भित्र्याउने ‘डेभेन्चर मार्केट’मा वैदेशीक लगानी ल्याउने लगायतका कुराहरु भइसकेका छन् । अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड लगायतका निकायका पदाधिकारीहरु रहेको समितीले काम गरिसकेको छ । प्रतिवेदन आइसकेको छ । अब मेरो प्राथमिकता, हाम्रो कमिटीको प्रथमिकता त्यो प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने हो । सो क्रममा कुन कानून, ऐन , धितोपत्र सम्बन्धी नियमावली, आर्थिक ऐन लगायत छन् । हामीले निकट भविष्यमा नेपालको पूँजी बजारलाई अन्तर्राष्ट्रिय लगानीकर्ताको लागि पनि खुल्ला गर्नको लागि हाम्रो तर्फबाट पहल गर्छौ ।

जुन हिसाबले दैनिक रुपमा पूँजी बजार बढी रहेको छ । कतै ठूलो समस्यातर्फ गइरहेको त छैन ? 

पूँजी बजार जहिले पनि बढ्यो भन्ने लेख्नुभयो भने यो जोखिमको क्षेत्र हो ,जोखिम रहन्छ नै । मूल्य बढिरहेको कम्पनीहरु कस्ता हुन् , छनौट गर्दा कस्तो कम्पनी हो भन्ने महत्वपूर्ण हुन्छ । ११ सय इन्डक्स हुँदा र २००० ‘इन्डक्स’ हुँदा इन्डेक्सलाई हामीले लिनुहुँदैन । कम्पनीको समग्र क्षेत्र हेर्नुपर्ने हुन्छ । आज पनि बैंक तथा वित्तिय संस्था अथवा धेरैजसो कम्पनीहरु हाम्रो जस्तै बजार अन्य देशको बजारमा र हाम्रो बजारमा तुलना गरेर हेर्‍यो भने ति देशको आधारमा हेर्‍र्यौ भने एउटा, अर्को अहिले हाम्रो पूँजीको लागत हेर्‍यो भने पूँजीको बचतको प्रतिफल हेर्‍यो भने र पूँजी बजारमा लगानी गरेको प्रतिफल हेर्‍यो भने धेरै शेयरहरु अन्डर भ्यालू छन् । समग्रमा भन्नुपर्दा इन्डेक्सलाई मात्र नहेरौँ । कस्ता कम्पनी बढे के के बढे भन्ने कुरामा फोकस गर्नुपर्दछ । अस्ति मात्र नेपाल राष्ट्र बैंकले यो कुरालाइ फोकस दिएर हेरेको देखियो। अहिले पछिल्लो समय हेर्ने हो भने त्यो स्पिरीटलाई पछ्याएको छ । केहि मापदण्ड तोकिदियो होला लगानीमा त्यसको गुण अवगुण आफ्नो ठाउँमा छ । तथापी अहिले बजार चाहिँ मेरो विचारमा निश्चित दिशामा हिँडेको छ । सहि दिशामा हिँडेको छ । र यसलाइ हामीले भित्रका केहि कम्पनीहरु होलान् जसको कुनै कुनै शेयरको ओभर भ्यालू होला ,अनुमान , कहिलेकाँहि लगानीकर्ताले आफ्नो भ्यालू कसरी बढाउने भन्ने हुन्छ होला जुन स्वभाविक हो । विधी र सिद्धान्तको अधीनमा रहेर ऐन कानूनको परिधी भित्र गरीएका त्यस्ता कार्यलाई पूँजी बजारमा वैध मानिन्छ । कसैले अवैध गर्छ भने त्यसलाई कारवाही गर्नुपर्दछ । अन्तमा पूँजी बजार निश्चित गतिमा गइरहेको छ । आज पनि पूँजी बजारमा गरिएको लगानीले अन्य क्षेत्रमा गर्ने लगानी भन्दा हामीसँग जुन क्यापिटल फन्ड छ अथवा सेभिङ बैंक वित्तिय संस्थामा राखेको भन्दा राम्रो प्रतिफल दिन्छ । त्यसो हुनाले हामीले पूँजी बजारमा चिन्ता लिनुपर्ने कुरा छैन ।

२०७७ सालमा आइपुग्दा समेत धितोपत्र बोर्ड र राष्ट्र बैंकबीच समन्वयको अभाव छ । तपाईंको फोरमले यसमा के के खाली ठाँउ देखेको र यसलाई कसरी परिपूर्ति गर्नुहुन्छ ? 

नियामक निकायमा अलि पहिला चाहिँ समन्वय अभाव देखिन्थ्यो । लगानीकर्ताको हिसाबले पनि सो कुरा महशुस गरेका थियौँ । तर पछिल्लो समयमा सबै कुराहरु ट्रयाकमा गइरहेको छ । ति निकायहरुबीच अहिले चाहिँ राम्रो समन्वय छ । एक बर्ष अगाडीको मुद्रा तथा पूँजीबजार सम्बन्धी रिपोर्ट सबै निकायका प्रतिनिधीहरु एउटै थलोमा बसेर तयार गरिएकोे हो । अहिले पछिल्लो समय त्यसको कार्यान्वयन पछिल्लो समयमा त्यो रेसियो कम देखीन्छ तर हामी सबै लगानीकर्ता , मिडिया अझ समझदारी भइदियो भने सुनमा सुगन्ध हुन्थ्यो । भोलीका दिनमा अझ राम्रो समन्वय होला भन्ने मैले विश्वास लिएको छु । अहिलेको नेतृत्वमा हेरीरहँदाखेरी असाध्यै सकारात्मकता पाएको छु । पूँजी बजारको सन्दर्भमा यसका मुद्दाहरुको सन्दर्भमा सकारात्मक सोँच देखिन्छ ।

उद्योग व्यवसाय जगतमा पूँजी बजारको प्रवाह र प्रभाव बढाउन तपाइले कस्तो भूमिका खेल्नुहुन्छ ? 
नेपालको पूँजी बजारलाई मेरो कार्यकालसम्ममा जसरी पनि सुरक्षित लगानीको लागी योग्य बनाउने, वैदेशिक लगानीकर्ता आउन योग्य बनाउने, सम्बन्धीत ऐन कानूनहरु परिमार्जन गर्ने र अहिले नेप्सेमा सुचिकृत कम्पनीहरुको ट्रेडिङ त्यसको अलावा अन्य किसीमका पूँजीबजारमा प्रयोग हुने अन्य किसीमका प्रोडक्टहरु पनि नेपालको पूँजी बजारमा भित्र्याउने कोशीस गर्छु ।

पूँजी बजार सबैको पहुँचमा पुर्‍याउने, तत्काल ब्रोकर कमिसन घटाउने र सबै क्षेत्र र स्थानीय तहसम्म पूँजीबजारको सहि किसीमले पहुँच पुर्‍याउने । खरिद बिक्री सहज किसीमले गर्न सक्ने बनाउने । बढि भन्दा बढि रियल सेक्टरका कम्पनीहरुको पूँजी बजारमा प्रवेश गराउने जसले गर्दा लगानीकर्तालाई छनौटको, प्रतिफलको धेरै अवसर प्राप्त होस् ।

रियल सेक्टर र औद्योगिक क्षेत्रका कम्पनीहरुमा पनि आम नेपालीहरुको लगानीको हैसियत अनुसार स्वामित्व हासील गर्न सकून् र त्यो मार्गमा एउटा खाँका बनाएर अबको मेरो कार्यकालसम्म यी योजनाहरु पूरा गर्ने मेरो योजना छ । त्यहि योजना अनुसार काम गर्छु ।

प्रस्तुत छ, पौडेलसँग गरिएको भिडियो कुराकानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?