काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।
बिहीवार (आज) बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुस १३ गते देशभर आन्दोलन गर्ने निर्णय गरेको हो ।
संसद विघटन अलोकतान्त्रिक र असंबैधानीक भएको भन्दै त्यसको विरुद्धमा कांग्रेसले देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया