काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड माधव नेपाल समूहले संसद विघटनविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।
आज बबरमहस्थित कार्की ब्यांकेटमा बसेको पुष्पकमल दाहाल माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले उक्त निर्णय गरेको हो ।
आजको बैठकले प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा केन्द्रीय संघर्ष समिति गठन गरेको हो। साथै उक्त समितिको सचिवालय समेत गठन गरिएको छ ।
उक्त आन्दोलन समितिमा २ हजार ५ सय १ सदस्यीय रहेको बताइएको छ ।
बैठकको निर्णय अनुसार भोलीबाटै सडक आन्दोलन गर्ने र पुस १४ गते देशैभर प्रदर्शन गर्ने निर्णय गरिएको हो ।
त्यस्तै बागमती प्रदेशका सबै जिल्लालाई काठमाडौंमा नै केन्द्रित गरेर आन्दोलनको घोषणा गर्ने निर्णय गरेको हो ।
आजको बैठकले पुस १० गते बिहान साँढे ९ बजे प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य माइतीघरमण्डलामा उपस्थित भएर प्रदर्शन गर्ने निर्णय गरेको छ ।
त्यस्तै शुक्रवार नै पत्रकार सम्मेलन राख्ने र दिउँसो १२ बजे निर्वाचन आयोगमा जाने तयारी समेत गरेको बताइएको छ ।
११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने तय भएको बताइएको छ ।
यसैगरी पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना गरिएको छ भने राजधानीमा थप सशक्त प्रदर्शन गर्ने घोषणा गरिएको जनाइएको छ ।
२० गतेसम्म सबै नगर तथा गाउँ र २५ गतेसम्म वडास्तरमा बैठक एवं भेला गर्ने बैठकको निर्णय छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया