काठमाडौं । चीनको वुहान ल्याब आफूमाथि कोरोना भाइरस फैलाएको आरोपमा जाँच गर्नका लागि तयार भएको छ ।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा कोरोना भाइरसको संक्रमण पहिलो पटक भेटिएपछि अमेरिकासहित विभिन्न देशहरुले कोरोना भाइरसको संक्रमण चीबाट फैलिएको आरोप लगाउँदै आएका थिए ।

उक्त आरोपलाई झुटो साबित गर्न वुहान ल्याब अनुसन्धानका लागि तयार भएको हो ।
प्रोफेसर शी जेंग्लीले यो सबे आरोपको जाँचका लागि जो कोहि टीमलाई पनि अनुमति दिन आफू तयार भएको बताए ।
यो बयान विश्व स्वास्थ्य संगठनको टीम चीन जान लाग्दै गर्दा बाहिरिएको छ । जसका कारण यसलाई गम्भीरताका साथ हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया