अफगानिस्तान । अफगानिस्तानको दक्षिण प्रान्त हेलमाण्डको नवा जिल्लामा तालिवानी लडाकूलाई लक्ष्य गर्दै सेनाद्धारा गरिएको एक हवाई कारवाहीमा परी २१ जना मारिएका यहाँको गृह मन्त्रालयद्धारा बिहीवार जारी विज्ञप्तिमा जनाइएको छ ।
नवा जिल्लाको मोमेन खान क्षेत्रमा बुधवार एक सुरक्षा जाँचचौकीमा आक्रमणको लागि आएका तालिवान लडाकूसमूहमाथि हवाई कारवाही भएको जनाइएको छ । सैन्य विमानले गरेको यस कारवाहीमा परी २१ तालिबान आतङ्ककारी मारिनुको साथै अन्य नौ जना घाइते भएका जारी विज्ञप्तिमा जनाइएको छ ।
यस कारवाहीको ठूलो मात्रामा हातहतियारसमेत नष्ट भएको सैनिक स्रोतले जानकारी दएको छ । तालिवान लडाकू समूहले भने यस कारवाहीको केही टिप्पणी गरेका छैनन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया