बेलायतमा फेरि कोरोनाको अर्को नयाँ रुप फेला, हालै भेटिएको भन्दा धेरै खतरनाक

काठमाडौं । कोरोनाको नयाँ रुपबाट हैरान भएको बेलायतमा फेरि अर्को एक कोरोनाको नयाँ रुप फेला परेको छ ।

बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले बुधवार नयाँ रुपका दुई कोरोना संक्रमित पाइएको बताए ।

दुबै जना हालैमात्र दक्षिण अफ्रिकाबाट बेलायत गएका थिए ।

कोरोना वायरस

विशेषज्ञले एक हप्तामै कोरोनाको दोश्रो रुप पाइएपछि भाइरस झनै तीव्र रुपले फैलिन सक्ने आशंका व्यक्त गरेका छन् ।

ह्यानककले यो नयाँ रुप हालै मात्र बेलायतमा पाइएको भन्दा पनि खतरनाक रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?