करण जौहरसँग काम गर्दिन : शाहिद कपूर

काठमाडौं । बलिउड अभिनेता शाहिद कपूर अहिले आफ्नो अपकिमङ फिल्मको तयारीमा रहेका छन् ।

हालै मात्र आएको जानकारी अनुसार उनी अब छिटै शशांक खेतानको निर्देशनमा बन्ने फिल्म योद्धामा देखिनेछन् ।

यो फिल्म करण जौहरको ब्यानर धर्मा प्रोडक्शनले बनाउँदै छ । तर शाहिदले यो फिल्ममा काम नगर्ने बताएको भारतीय सञ्चारमाध्यमहरुमा प्रकाशित समाचारमा जनाइएको छ ।

फिल्मको शूटिङ हुनुपूर्व नै फिल्म मेकर्स र अभिनेताबीच विवाद शुरु भएको बताइएको छ ।

फिल्मको स्क्रिप्टलाई लिएर विवाद भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?