कुल पूजामा गएका ३६ वर्षीय पुरुष मृत अवस्थामा फेला

बागलुङ । ताराखोला गाउँपालिका-१ भुस्कटस्थित अधेरी भिरमा कपिलबस्तु वाडगंगा नगरपालिका-२ घर भएका ३६ वर्षीय ध्रुव छन्त्याल बुधवार मृत अवस्थामा फेला परेका छन् ।

ताराखोला गाउँपालिकामा कुल पूजाको लागि मंगलवार उक्त ठाउँमा आएका उनी हराई बेपत्ता भएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?