काठमाडौं । महिलालाई झारफुक गर्ने बहानामा जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका(२ हैबुङका ४६ वर्षीय भिम बहादुर सुनार रहेका छन् ।
उनले ३९ वर्षीया एक महिलालाई झारफुक गर्ने बहानामा बोलाई सलम्बुटारस्थित टहरोमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
महिलामाथि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनलाई पक्राउ गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया