रजनीकान्तको फिल्म सेटमा कोरोनाको इन्ट्री, रोकियो शूटिङ

काठमाडौं । साउथ सुपरस्टार रजनीकान्तको फिल्म सेटमा कोरोना फैलिएको छ । रजनकिान्तको अपकमिङ फिल्म अन्नाथेको शूटिङ सेटका ७ जना कर्मचारीलाई कोरोना संक्रमण भएको हो ।

हैदराबादमा रजनकिान्तको फिल्मका लागि शूट भइरहेको बेला यो खबर बाहिरिएको हो ।

फिल्मकाअनुसार रजनीकान्त १४ घण्टासम्म शूटिङ गरिरहेका छन् । उनी फिल्मको शूटिङ चाँडै सक्न चाहन्छन् । तर कोरोनाका कारण हालका लागि भने शूटिङ रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?