काठमाडौं । मध्यरातमा छोरा बुहारीको घरबाट मान्छे चिच्याएको आवाज आएपछि बुवा खड्गप्रसाद उभरकोटी छोरा धनबहादुर उभरकोटीको घरमा गए । घरमा पुग्दा उनले बुहारी दुर्गा पुर्कुटीको ओछ्यानमै हत्या भएको देखेपछि छिमेकीमा हारगुहार गरी प्रहरीलाई खबर गरे ।
ओछ्यानमा सुतिरहेकी ३० वर्षीया दुर्गा पुर्कुटीको टाउकोमा गम्भीर चोट लागेको थियो । हत्या भएकै कोठामा बन्चरो फेला परेको प्रहरीले जनाएको छ । हत्या भएकै कोठामा बन्चरो फेला परेको कारण बन्चरो प्रहार गरी हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
घटना थाहा पाएका छिमेकीहरुले खबर गरेपछि बिहान तीन बजे प्रहरी घटनास्थल पुगेको थियो । शवको मुचुल्का उठाउँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले बताएको छ ।
हत्या भएकी दुर्गा पुर्कुटीका श्रीमान् धनबहादुर उभरकोटी भने फरार छन् । घटना भएपछि फरार रहेका कारण उनले नै हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । श्रीमतीको हत्यापछि फरार रहेका धनबहादुरलाई प्रहरीले खोजी गरिरहेको बताएको छ ।
मृतकका दुई जना छोरा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया